काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सकिएको छ। बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले कार्यदलले १० बुँदे सहमति तयार गर्न केके गर्नु पर्यो जस्ता कुराहरू राखेको जानकारी दिए ।
बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।
हिजोको बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । उनीहरुले स्पष्टीकरणको जवाफ नदिए पनि कारवाही गर्ने विषयमा कुनै निर्णय गरेको छैन । उनीहरुको हातमा स्पष्टीकरण पत्र पुगेको २४ घण्टा भित्र जवाफ फर्काउने समय दिइएको छ।
ज्ञवालीका अनुसार आजको बैठकमा विभिन्न प्रदेशको प्रतिनिधित्व गर्ने नेताहरुले पार्टीको दिशा र भविष्यका विषयमा रिपोर्ट पेश गरेका थिए ।
बैठक भोलि ३ बजे फेरि बस्ने भएको छ। एमाले उपाध्यक्ष बामदेव गौतम लगायत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कुनै पनि सांसद उपस्थित थिएनन् ।