काठमाडौँ – सरकारमा क-कसलाई मन्त्री बनाएर पठाउने भन्ने विषयमा टुंगो लगाउन आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ।

बैठक दिउँसो १ बजे बस्ने माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बुधबार बिहान जानकारी दिए। बैठक पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बस्नेछ।

भागबन्डामा कांग्रेसले सात मन्त्रालय आफूसँगै राख्न चाहेको छ । माओवादी केन्द्र र जसपाको उपेन्द्र पक्षलाई ६–६ मन्त्रालय दिने तयारी छ । एमालेको नेपाल पक्ष पनि सहभागी भए मन्त्रालयको संख्या घट्नेछ ।

माओवादी केन्द्रको भागमा १ उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पर्नेछन्।

यसअघि माओवादीबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालले जिम्मेवारी सम्हालिसकेका छन्। तर उपप्रधानमन्त्रीका रूपमा जान नारायणकाजी श्रेष्ठसहितले जोडबल लगाइरहेका छन्।

माओवादीको भागमा परेका मन्त्रालयमा नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, अञ्जना विसङ्खे, सुरेशकुमार राई र शशी श्रेष्ठले दाबी गरेका छन् ।

सम्बन्धित खबरहरु