काठमाडौँ – नेपालकै प्रथम अकुपञ्चर बिशेषज्ञ सहितको समूहबाट संञ्चालित ब्लु लोटस हेल्थ होमले यही मंसीर २२ गते देखी ३० गते सम्मको लागि नि:शुल्क स्वास्थ्य शिबिर संञ्चालन गर्दै आएको छ।

ललितपुरको सातदोबाटो नजिकै ताल्छिखेल चोकमा रहेको उक्त ब्लु लोटस हेल्थ होमले लामो समयदेखि कोभीड-१९ को डरले आम मानिसहरुले स्वास्थ्य सेवा नलिरहेको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अनुरुप नि:शुल्क स्वास्थ्य शिबिर संञ्चालन गरेको जनाएको छ।

उक्त हेल्थ होमका संस्थापक अध्यक्ष तथा नेपालकै प्रथम अकुपञ्चर बिशेषज्ञ डा. सुरज कर्माचार्यले भने “हामीले खास गरी समाजका सिनियर सिटिजन्सलाई लक्षित गरेर यो अवसर ल्याएका छौं । मुलत: लामो समय देखि कोभीड-१९ को डरले हस्पिटल नगई घरमै शारीरिक पीडा ब्यबस्थापन गरी रहनुभएकाहरुले लाभ लिन सक्नुहुनेछ। हामीले यस अवसरमा बिरामीको दुखाई ब्यवस्थापको लागि बिभिन्न उपायहरु नि:शुल्क सिकाइ सहयोग गर्नेछौं । ”

हेल्थ होमका प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीका अनुसार उक्त शिबिरमा ढाड दुख्ने,कम्मर दुख्ने, घुंडा, गर्दन, जोर्नी दुख्ने, हड्डी खिईएको , नसा च्यापीएको, हात खुट्टा झमझमाउने, प्यारालाइसिस, मुख बङ्गिएको, टाउको दुख्ने, माइग्रेन, अनिन्द्रा, ग्यस्ट्रिक्स, जन्डिस, पाइल्स, दम, कान कराउने, कान नसुन्ने, महीनावारी गडबढी, मोटोपन आदी रोगको नि:शुल्क स्वास्थ्य परीक्षण गरिनेछ।

कार्कोले भने “खासगरी आजभोली अस्वस्थकर जीबनशैलीको कारण आम मानिसमा सर्ने रोग भन्दा नसर्ने रोग बढ्दै गएकोले नसर्ने प्रकृतिका रोगको उपचार र पूर्ण छुटकाराको लागि यो शिबिरले सहयोग गर्ने अपेक्षा राखेका छौं ।“
उक्त अवसरमा अकुपञ्चर बिशेषज्ञ तथा हेल्थहोमका डा. ईश्वर ज्ञावलीको अनुसार स्वास्थ्य शिबिर आगामी ३० गते सम्म हरेक दिन बिहान ८ बजे देखी २ बजे सम्म संञ्चालन हुने र शिबिरमा आउनको निमित्त फोन गरेर नाम दर्ता गराउनु पर्नेछ । उनले भने ” हामीले भीडभाडलाई कम प्रोहात्सन गर्दछौ । अत: हाम्रो फोन नं ०१-५५५०३५० वा मोबाइल नं ९८५१०७५९९६ मा फोन गरेर नाम दर्ता गरी अप्वाइन्टमेन्ट लिएर आउन सक्नुहुनेछ ।”

ब्लु लोटस हेल्थ होममा अनुभबी अकुपञ्चर बिशेषज्ञ (एमडी) हरुबाट अकुपञ्चर दिनुको साथै फिजियोथेरापी, आयुर्वेद, पञ्चकर्म, कपीङ, प्राकृतिक चिकित्सा आदीको माध्यमबाट बिभिन्न रोगको प्रभावकारी उपचार गरिने हेल्थहोमले बताएको छ।

उक्त हेल्थहोममा युवा तथा वयस्कहरुलाई लक्षित गरेर बिशेष मेडिकल तथा रिल्याकशेसन मसाज गर्ने समेत बताएको छ।

सम्बन्धित खबरहरु