काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

राष्ट्रपति भण्डारीलाई भेट्न ओली शुक्रबार बिहान ११ बजेतिर शीतल निवास पुगेका थिए। राष्ट्रपति भण्डारी र ओलीबीच करिब ४५ मिनेट कुराकानी भएको शीतल निवास स्रोतले जानकारी दियो।

दुवै जनाबीच के विषयमा कुराकानी भयो भन्नेबारे खुलेको छैन।

तर, एमालेको राजनीतिमा प्रत्यक्ष चासो राख्दै आएकी राष्ट्रपति र ओलीबीच पार्टी राजनीतिको पछिल्लो घटनाक्रमबारे छलफल भएको हुनसक्ने स्रोतले जानकारी दिएको छ।

यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारीबीचको मिलेमतोमा प्रतिनिधि सभा विघटन गर्नेदेखि विभिन्न अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना भएको थियो ।

ओली गत असार २८ को सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीबाट हटिसकेका छन् ।

सम्बन्धित खबरहरु