काठमाडाैं- सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा चलिरहेको छ। बैठकमा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसमेत सहभागी छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि चारजनाबाहेक मन्त्रीहरु नियुक्त भएका छैनन्। जारी बैठक त्यसैमा केन्द्रित रहेको बुझिएको छ।
बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल पनि उपस्थित थिए। बीचमा उनले गठबन्धनमा जान छाडेका थिए।
बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।
बैठकमा सरकारलाई प्रभावकारी बनाउने विषयमा गठबन्धनमा छलफल र सहमति भएको एक नेताले बताए।
सरकार गठन भएको एक हप्ता भन्दा बढी समय भइसकेको र प्रधानमन्त्रीले विश्वासको मत लिइसकेको अवस्थामा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार विहान प्रधानमन्त्री देउवा र नेकपा एमालेका नेता नेपालसँग भेट गरेका थिए ।