काठमाडौं – सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) विवादमा महन्थ ठाकुरको मागअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगको खुल्ला इजलासमा बहस भएर आदेश भएकाले थप आदेश जारी नहुने भनेको हो।
यससँगै निर्वाचन आयोगलाई विवाद निरुपणको फैसला सुनाउन बाटो खुलेको छ । जसपा आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइको क्रममा आयोगले पार्टी एकीकरणको बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई साउन ११ गते सनाखतका लागि झिकाउने निर्णय गरेको थियो ।
