पछिल्लो २४ घण्टामा देशभर २२३७ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८० हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेनबाट ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०५० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने कुल मृतकको संख्या ९ हजार ७१३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै सोही अवधिमा १८ जनाको मृत्यु भएको छ।

सम्बन्धित खबरहरु