काठमाडौं – पछिल्लो २४ घन्टामा थप ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुल १५ हजार ८०८ जनाको नमूना परीक्षाण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
१० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ र ४ हजार ९२२ को एन्टिजेन परीक्षण गर्दा १२०६ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३३ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७७१ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोनाबाट मुक्त भएका छन्।