काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी जम्मा ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १९१६ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख ५४ हजार १७७ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।