काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५६८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३६ जनाको परीक्षण गर्दा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो।
यसमा ८ हजार ४०२ जनाको आरटी पीसीआर र ४ हजार २३४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट १ हजार ९८१ र एन्टिजेनबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै नेपालमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको मन्त्रालयले जनाएको छ।
यही अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।
नेपालमा हालसम्म पीसीआरबाट ६ लाख ९७ हजार ३७० र एन्टिजेनबाट ६१ हजार ९३७ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, ६ लाख ५६ हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन्।