काठमाडौं – एन्फा प्रवक्ता किरण राईले राजीनामा दिएका छन् । मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवादको कारण आफूले राजीनामा दिएको बताएका छन् । उनले एन्फामा ३ वर्ष ३ महिनासम्म प्रवक्ताको रूपमा काम गरेका थिए ।

एन्फामा मिल्ने विवाद मन्त्रालयसम्म पुगेका कारण त्यो नराम्रो अवस्था आएको बताए ।

एन्फा अब नराम्रो अवस्थामा पुगेको हुनाले चाँडै चुनावमा जानुपर्ने प्रवक्ताले बताए । उनले एन्फा पदाधिकारीको गतिविधिले खेलाडीमा नराम्रो असर पर्न नहुने बताए ।

पछिल्लो समय पदाधिकारीमा जुन हर्कत भएको छ यो कुरा यहीँ नरोकिँदा नेपाली फुटबलमा ठूलो क्षति हुने राईले बताए ।

सम्बन्धित खबरहरु