काठमाडौं – नेकपा (एमाले)को स्थायी कमिटी बैठक सकिएको छ । बैठकले ९ वटा विभाग गठन गरेको छ।
बैठकले ९ वटा विभाग गठन गर्ने निर्णय पनि गरेको ज्ञवालीले जानकारी दिए । विभागमा माधव नेपाल समूहलाई भने समेटिएको छ । पार्टी एकताको माहोल बनेको खण्डमा अन्य विभागमा नेपाल समूहलाई समेट्न सकिने ज्ञवालीको भनाइ छ ।
एमालेले गठन गरेको विभागमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रबद्र्धन विभाग,स्कुल विभाग, विदेश विभागलगायतका रहेका छन् ।
पार्टी एकताको प्रयास चलिरहेका बेला एमालेले अब पर्खेर बस्न नसक्ने भन्दै सांगठानिक संरचनाहरूलाई पूर्णता दिन लागेको हो । माधव नेपाल पक्ष फर्केर आएको खण्डमा सो समूहका नेताहरूलाई समेट्नका लागि पर्याप्त स्थान सुरक्षित गरिएको ज्ञवालीले बताए ।
विभागहरूमा अहिले सबै संख्यामा मनोनयन गरिएको छैन । आगामी २४ गते बस्ने केन्द्रीय कमिटीले थप निर्णय गर्ने प्रवक्ता ज्ञवालीले बताए ।
आज ललितपुर च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको भवनमा बैठकमा उपाध्यक्ष वामदेव गौतम उपस्थित रहेका भएनन्। गौतम यसअघि शनिबार र आइतबारको बैठकमा सहभागी थिए।
यस्तै बैठकमा नेपाल पक्षक नेता भने सहभागी रहेनन् । नेपाल पक्षका एक नेताका अनुसार ओलीले अध्यक्ष पदबाट राजिनामा नदिएसम्म आफूहरू बैठकमा सहभागी नहुने अन्नपूर्ण टाइम्सलाई जानकारी दिए।
छुट्टै पार्टी संरचनाको अभ्यास गरिहेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने गत फागुनदेखि नै बैठकमा सहभागी भइरहेको छैन। आजको बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनलगायत बैठकका अजेण्डा छन्।