काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आठौं अधिवेशनको छैटौँ बैठक आज मंगलबार बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूची रहेका छन्। पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ।

त्यसैगरी दोस्रो कार्यसूचीमा शोकप्रस्ताव रहेको छ। बैठकले तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्नेछ।

सम्बन्धित खबरहरु