काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आजका लागि बोलाएको आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक स्थगित भएको छ। बैठक अब भोलि बिहिबार बस्ने गरी सारिएको छ।

आज बुधबार बिहान ११ बजे शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बस्नेगरी बैठक आह्वान गरिएको थियो। तर, जिल्लाबाहिरका सदस्यहरु आउन समय लाग्ने र आवश्यक तयारीका लागि बिहीबारका लागि सारिएको नेपालपक्षीय केन्द्रीय सदस्य झपट रावलले बताए।

एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन्।नेपालले सोमबार आफूपक्षीय स्थायी कमिटीका नेताहरूसँग छलफल गरेका थिए। बैठक अब भोलि बिहिबार बस्ने छ।

सम्बन्धित खबरहरु