नेकपा एमालेको माधव कुमार नेपाल पक्षको केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी रहेको छ । राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक बसेको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने नेता रघुजी पन्तले जानकारी दिए ।

बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बोलाइएको बैठकमा सहभागी हुन नेपालसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, झपट रावल, राम कुमारी झाँक्री, मेटमणि चौधरी, विजय पौडेल,रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशी लगायतका  नेताहरू उपस्थित  छन्

बिहीबार पहिलो दिनको बैठकमा एक दर्जन बढी केन्द्रीय सदस्यहरुले पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव दिएका थिए ।
त्यसरी धारणा राख्नेमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, सविता भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायत थिए ।

यस्तै बिहीबार बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधव कुमार नेपालले एकता र वार्ताको प्रक्रिया अघि बढिरहेको भन्दै केही विषयमा सहमति भएको र केहीमा अझै वार्ता भइरहेको जानकारी दिएका थिए । नेपालले एकता आफूहरुको इच्छा र चाहना भएको पनि बताएका थिए ।

सम्बन्धित खबरहरु