काठमाडौं – नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी एकतामै जोड दिने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय सदस्यहरुको बैठकले १०बुँदे सहमतिले एकताको आधार तयार पारेको भन्दै थप प्रयास गर्ने निर्णय गरेको हो ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको हो ।

त्यस्तै बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले पार्टि अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफूहरु एकताको पक्षमा रहेको बताएका छन्।

आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक सम्पन्न भएपछि प्रतिक्रिय दिँदै नेपालले आफू एमाले एकताकै पक्षमा रहेको बताएका हुन्।

ओलीले आफ्नो सम्बोधनका क्रममा नेपाललाई ‘गद्धार’, ‘दक्षिणपन्थी मतियार’ को संज्ञा दिँदै अब एमालेमा उनको लागि ठाउँ नभएको बताएका थिए।

त्यस्तै बैठकले अध्यक्ष ओली पक्षले एकपक्षीय रूपमा गरेको पार्टीका सङ्गठनात्मक गतिविधि तत्काल रोक्न माग पनि गरेको छ । दुई दिनसम्म चलेको सो समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता पन्तले जानकारी दिए ।

‘पार्टी एकताका लागि वार्ता चलिरहेका बेला सदस्यता नवीकरण, अधिवेशन लगायतका सङ्गठनात्मक काम अध्यक्ष ओली पक्षबाट भइरहेको छ त्यो रोक्नुपर्ने बैठकको निष्कर्ष छ’, पन्तको भनाइ छ ।

बैठकमा वरिष्ठ नेता नेपालले आफूहरू एकताकै पक्षमा रहेको भन्दै केपी अ‍ोलीले जति गाली गरेपनि पार्टी एकताको पक्षबाट नभाग्ने बताएका थिए ।

नेता नेपालको भनाइ उद्धृत गर्दै नेता पन्तले भने, ‘अध्यक्ष ओलीले पार्टी एकताका नाममा अलमल्याउन खोजेको होइन त भन्ने प्रश्न पनि उठेको छ तर हामी एकताको प्रयास गर्छौ ।’ नेता पन्तले बैठकले चारवटा प्रस्ताव पास गरेको जानकारी दिए । ‘सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसलाको स्वागत, १० बुँदे भएको बेला र एकता प्रक्रिया चलेका बेला नेताहरूमाथि लाञ्छना लगाउनु नहुने, १० बुँदे सहमतिले एकताको आधार तयार गरेको र त्यसैका आधारमा थप निर्णय गर्न स्थायी कमिटीलाई जिम्मेवारी दिएको छ’ नेता पन्तले प्रस्तावबारे जानकारी दिए । त्यस्तै उनले आफ्नो समूह तत्काल सरकारमा नजाने पनि प्रस्ट पारे ।

आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले चारवटा निर्णयहरु गरेको नेताहरुले बताएका छन्। बैठकले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना फैसलाको स्वागत गरेको छ।

बैठकले १० बुँदे सहमतिका आधारमा एकतामा जोड दिने निर्णय समेत गरेको छ। केन्द्रीय कमिटीका सदस्याहरुले ओली मुक्त एमाले बनाउनुपर्नेमा जोड दिएका थिए। आफूहरु एकताकै पक्षमा रहेपनि ओलीले नेतृत्व छाड्नुपर्ने अधिकांश केन्द्रीय कमिटी सदस्यहरुको मत थियो।

सम्बन्धित खबरहरु