काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आज बस्दै छ। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्न लागेको छ ।

स्थायी कमिटीको बैठक सकिएपछि दिउँसो ३ बजे केन्द्रीय कमिटी बस्ने छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइने छ।

एमालेको विधान महाधिवेशन भदा २७ र २८ गते तोकिएको छ । उता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठक रोक्न माग गरेकाे छ। बैठक नरोके एमाले एकता नहुने नेपाल पक्षले चेतावनी दिएको छ।

ओली समूहले केन्द्रीय कमिटीको बैठक बोलाउने रनेपाल समूहले बैठक बहिष्कार गर्नेगरी अगाडि बढे पनि दुवै समूहका दोस्रो तहका नेता विवाद मिलाउन आन्तरिक गृहकार्यमा जुटेका छन् । सहमति साथ अगाडि बढ्ने विषयमा छलफल गर्दै उनीहरूले विवाद समाधान गर्न केन्द्रित भएको एमाले स्रोतको दाबी रहेको छ ।

सम्बन्धित खबरहरु