काठमाडौं – नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरू भएको छ । दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा जारी बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् ।

मा ईश्वर पोखरेल सुबास नेम्वांङ, बिष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ त्यस्तै माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका राम बहादुर थापा, टोपबहादुर रायमाझी,लेखराज भट्ट लगायतका नेताहरु उपस्थित रहेका छन्।

यस्तै बैठकमा नेपाल पक्षक नेता भने सहभागी रहेका छैनन्। नेपाल पक्षका एक नेताका अनुसार ओलीले अध्यक्ष पदबाट राजिनामा नदिएसम्म आफूहरू बैठकमा सहभागी नहुने अन्नपूर्ण टाइम्सलाई जानकारी दिए।

बैठकले अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र संगठन विभाग प्रमखु विष्णु पौडेलले विधान संशोधन प्रस्तावलाई एकरुपता दिने छ ।

त्यसपछि केन्द्रीय कमिटी बैठकमा तीन वटा प्रतिवेदन पेस गरेर छलफल खुला गरिने तामाङको भनाइ छ । उनले भने, ‘केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्छ । अनि छलफलको लागि ओपन गर्छौं । हाम्रा मातहतका कमिटी, जनसंगठनहरूमा छलफल हुन्छ ।’

विधान महाधिवेशनको तयारीका लागि यो सबै काम भइरहेको तामाङमा भनाइ छ । एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने भएको छ । यस्तै विधान महाधिवेशनपछि असोज ३ मा देशभरका ६ हजार ७ सय ४३ वडामा एकै दिन वडा अधिवेशन र असोज ९ मा ७ सय ५३ पालिकामा अधिवेशन गर्ने छ ।

तर एमालेको माधव नेपाल पक्षले एकताको प्रयास भइरहेको भन्दै पार्टी गतिविधि रोक्न माग गरिरहेको छ । तामाङले भने एकताको प्रयास र पार्टीको सांगठनिक गतिविधि नरोकिने बताए । उनले भने, ‘हामी निरन्तर संवादमै छौं । उहाँहरुलाई पार्टीमा सहभागी गराउन लागि गरिने प्रयत्न पनि रोकिँदैन र पार्टीको गतिविधि पनि रोकिँदैन ।’

विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आजको बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइनेछ ।

भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन तोकिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठक रोक्न माग गरिरहेको बेला संगठनका काम कारवाही नरोकिने भन्दै एमाले संस्थापन पक्षले गतिविधि जारी राखेको हो ।

सम्बन्धित खबरहरु