काठमाडौं – नेकपा (एमाले) काे स्थायी कमिटी बैठक सकिएकाे छ । बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ । सोमबार च्यासलस्थित तुल्सीलाल भवनमा बसेको बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो ।
बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको सञ्चारकर्मीलाई बताए । एमालेको यसअघि कै स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।
स्थायी समितिमा अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश भएर त्यसलाई एक रुपमा दिइएको बताइएको छ । सोही प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरेर छलफल खुला गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङको भनाइ छ । आजै तुलसीलाल स्मृति प्रतिष्ठानमा एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ ।
एमालेको केन्द्रीय कमिटी बैठक आजै दिउँसो तीन बजेका लागि बोलाइएको छ । आजकाे बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । बैठक माधव पक्षकै आग्रहमा आजका लागि सारिएको थियो ।
उनले जेठ २ लाई टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र त्यसमा असन्तुष्ट पक्षहरू पनि आउने विश्वास व्यक्त गरे ।
यस्तै अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सम्बोधन गर्दै अहिलेको सरकार कुबाटोबाट बनेको बताएका छन्। सोमबार पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले सरकार निर्वाचनको माध्यमबाट नबनेको दोहोर्याए।
‘निर्वाचन र जनादेशको माध्यमबाट अर्को सरकार आउँछ भने त्यसलाई प्रतिगमन भनिँदैन। तर, निर्वाचनको माध्यम र जनादेशको बाटोबाट होइन, कुबाटोबाट सरकार बन्यो’, ओलीले भने।
उनले सरकार गठनको लागि आफ्नै पार्टीका नेताहरुले सहयोग गरेको भन्दै असन्तुष्टि जनाए। ‘हाम्रै पार्टीका केही नेताहरु दक्षिणपन्थीको पछिपछि नलागेको भए यो अवस्था आउने थिएन। उनीहरुले निर्लज्ज र धोकेवाज काम गरे’, उनले भने।
उनले यो देशको विकास र सुशासनको लागि कम्युनिस्ट नै चाहिने बताए।