मुख्यमन्त्रीले राजीनामा दिने निर्णय गर्न एमालेले आज लुम्बिनी प्रदेशको संसदीय दलको बैठक बोलाएको छ। बुधबार बिहान लागि बैठक बोलाइएको हो।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले जानकारी दिएको छ ।
मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको प्रदेशसभामा अविश्वासको प्रस्ताव भएको छ। उक्त प्रस्तावमाथि छलफल गर्न आज दिउँसो १ बजे प्रदेशसभाको विशेष अधिवेशन डाकिएको छ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले मुख्यमन्त्रीको सरकारी निवासमा बैठक बस्न लागेको जानकारी दिए।
शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सांसद छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोसहितको विपक्षमा गठबन्धनमा सभामुखबाहेक ४१ सांसद छन्।
सत्तामा टिक्न यसअघि सबै हर्कत गरेका मुख्यमन्त्री पोखरेलसँग अब भने राजीनामा दिएर सरकारबाट बाहिरिने वा अविश्वासको प्रस्तावबाट हट्नुबाहेक अर्को विकल्प नभएको दाबी विपक्षी गठबन्धनले गरेका छन्।