काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३२६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ४६२ नमुना (१० हजार ८०६ पीसीआर र ४७५६ एन्टीजेन) परीक्षण गर्दा ३२६० जना संक्रमित थपिएका हुन् ।
बिहीबार थप ३२ जनाको मृत्यु भएको छ । कूल मृत्यु संख्या १० हजार २१२ पुगेको छ । सक्रिय संक्रमित संख्या ३८ हजार १८० पुगेको छ ।
यस्तै आज २२९४ जना निको भएका छन् ।
काठमाडौं उपत्यकामा आज ११३३ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ८११, ललितपुरमा १९२ र भक्तपुरमा १३० जना संक्रमित थपिएका छन् ।
कूल संक्रमित संख्या ७ लाख २५ हजार (पीसीआर) र ७२ हजार (एन्टीजेन) पुगेको छ । कूल निको हुने संख्या ६ लाख ७७ हजार पुगेको छ ।