काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो स्थायी कमिटी बैठक बसेको हो। माओवादीले शनिबारदेखि केन्द्रीय कमिटी बैठक गर्दैछ।
केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको हो।

यसअघिको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गरी त्यसको जानकारी केन्द्रीय कमिटी बैठकमा आउँदा लिएर आउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएको थियो।
बैठकमा सरकारमा पठाउने मन्त्रीहरुबारे पनि छलफल हुने एजेन्डा रहेको एक स्थायी समिति सदस्यले जानकारी दिए।
केन्द्रीय कमिटी बैठकबाट माओवादी केन्द्रले पार्टीको सांगठानिक संरचनाका विषयमा निर्णय लिने छ।