काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो पुस ११, १२ र १३ मा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। शनिबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव पेश गरेका हुन्।

प्रचण्डले आफनो राजनीतिक तथा सांगठिनक प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश गर्दै पुस दोस्रो साता महाधिवेशन गर्ने प्रस्ताव गरेका बैठकमा सहभागी एक नेताले बताए।

प्रचण्डले भदाै मसान्तसम्म सदस्यता वितरण गर्ने, असोज १० गतेसम्म सबै टोल टोलमा सेल कमिटी गठन गर्ने, असोज २० गतेभित्र वडा भेला गरिसक्ने र असोज ३० गतेभित्र गाउँपालिका र नगरपालिकाको सम्मेलन सक्ने कार्ययोजना बैठकमा प्रस्तुत गरेका छन्।

कात्तिक ३० गते जिल्ला, मंसिर १५ गते प्रदेशको सम्मेलन सकेर पुस ११ देखि १३ सम्म राष्ट्रिय महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव छ।

प्रचण्डको प्रस्तावमा यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ । असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्ताव छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ ।

मङ्सिर १५ मा साथै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव गरेका छन् ।

सम्बन्धित खबरहरु