काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको नयाँ मिति तोकिएको छ। आज बसेको कांग्रेस केन्द्रीय कमिटी बैठकले १४ औं महाधिवेशन २०७८ मंसिरि ९ देखि १२ गतेस्म्म आयोजना गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्य समितिको शनिवार बसेको बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिना पछि धकेल्ने निर्णय गरेको हो ।
भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन असोज १८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए ।
वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।
यस्तै बैठकमा सदस्यहरुले अफगानस्थानको घटनाक्रमले नेपाली कामदारलाई पर्नसक्ने असर, बिट्रिस भूतपूर्व गौर्खा सैनिकको बिषय, इपिएस परिक्षा पास गरेर कोरिया जान नपाएको लगाएतका बिषयमा पनि देउवाको ध्यानाकर्षण गराइएको प्रवक्ता शर्माले जानकारी दिए ।
उनले आमन्त्रीत केन्द्रीय सदस्यहरुले राजीनामा दिदै गर्दा उठाएका बिषयहरुलाई पनि सम्बोधन गरिने बताए।