काठमाडौं – सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।
अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् ।
यसअघि झालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो । वर्तमान सरकारले यसअघि लुम्बनी र गण्डकी प्रदेश प्रदेश प्रमुख परिवर्तन गरेको थियो । तत्कालीन ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको थियो ।
गृहमन्त्री बालकृष्ण खाणले आज बसेको मन्त्रिपरिषद बैठकले मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरिएको बताए।
मिश्र नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य र पूर्वसांसद हुन्। उनले २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए।
प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र पूर्वमन्त्री रामनारायण मिश्रका छोरा हुन्। रामनारायण बिपी कोइराला नेतृत्वको सरकार हुँदा २०१६ सालमा उद्योग मन्त्री थिए।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका राजेश अहिराजलाई पदमुक्त गरेर महोत्तरीका मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि यसअगाडि गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख पठाइएको थियो।