सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका हुन् ।

राष्ट्रियसभा र प्रतिनिधि सभाको दुवै सदन अन्त्य गर्ने निर्णय गरेर सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो।

संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको उनले बताए ।

सम्बन्धित खबरहरु