काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन अन्तिम कसरतमा लागेका छन् ।
देउवा सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने तयारी गरिरहेका बेला अध्यक्ष ओलीले मंगलबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् । ११ बजे स्थायी कमिटी र ३ बजे संसदीय दलको बैठक बोलाइएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिए ।
स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बोलाइएको छ ।
अध्यक्ष ओलीले सोमबार राति नै बक्तव्य जारी गर्दै पार्टी एकताको आह्वान गरेका थिए ।
सरकारले पूर्व घोषित प्रतिवद्धता विपरित हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको उनको आरोप छ । विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष ओलीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि वाहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्दैन ।’
‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्दैन,’ वक्तव्यमा भनिएको छ। ओलीले नेता, कार्यकर्ता र सांसदहरूलाई विभाजनका प्रयासविरुद्ध उभिन अपिलसमेत गरेका छन्।
उनले पार्टीका नेता कार्यकता र सांसदहरुलाई पार्टी विभाजनका प्रयासहरुविरुद्ध उभिन अपील समेत गरेका छन् ।
सोमबार आफ्नो निवास बालकोटमा पार्टीका नेताहरुसँग छलफल गरेपछि ओलीले विज्ञप्ति जारी गरेका हुन् । राजनीतिक दलसम्वन्धि विधेयक अध्यादेशमार्फत ल्याउने तयारीसहित सोमबार संसद अधिवेसन अन्त्य गरिएको थियो ।