ललितपुर – नेकपा एमाले स्थायी कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा शुरू भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा अ‍ोली पनि पुगेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । यस्तै बैठकमा ईशोर पोखरेल, सुबास नेम्वांङ, प्रदिप ज्ञवाली, बिष्णु पौडेल, बिष्णु रिमाल, शंकर पोखरेल, राम बहादुर थापा, लेखराज भट्ट, मणि थापा लगायतका नेताहरु उपस्थित रहेका छन्।

यस्तै बैठकमा नेपाल पक्षका नेता भने सहभागी रहेका छैनन्। नेपाल पक्षका एक नेताका अनुसार ओलीसँग सहमति नभई  आफूहरू बैठकमा सहभागी नहुने अन्नपूर्ण टाइम्सलाई जानकारी दिए।

देउवा सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने तयारी गरिरहेका बेला अध्यक्ष ओलीले मंगलबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका हुन्। माधव नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना पाएपछि ओलीले स्थायी कमिटीका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

अध्यक्ष ओलीले सोमबार राति नै बक्तव्य जारी गर्दै पार्टी एकताको आह्वान गरेका थिए ।

सरकारले पूर्व घोषित प्रतिवद्धता विपरित हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको उनको आरोप छ । विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष ओलीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि वाहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्दैन ।’

‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्दैन,’ वक्तव्यमा भनिएको छ। ओलीले नेता, कार्यकर्ता र सांसदहरूलाई विभाजनका प्रयासविरुद्ध उभिन अपिलसमेत गरेका छन्।

उनले पार्टीका नेता कार्यकता र सांसदहरुलाई पार्टी विभाजनका प्रयासहरुविरुद्ध उभिन अपील समेत गरेका छन् ।सोमबार आफ्नो निवास बालकोटमा पार्टीका नेताहरुसँग छलफल गरेपछि ओलीले विज्ञप्ति जारी गरेका हुन् । राजनीतिक दलसम्वन्धि विधेयक अध्यादेशमार्फत ल्याउने तयारीसहित सोमबार संसद अधिवेसन अन्त्य गरिएको थियो ।

सम्बन्धित खबरहरु