वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन्।
शाक्यको अहिले ८ बजेपछि शपथ ग्रहण कार्यक्रम राखिएको छ । आजै विहान शाक्यलाई नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो।
मुख्यमन्त्री पौडेलले आज वागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो। ‘वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा शाक्य नियुक्त हुनुभएको छ,’ सांसद नेपालले भने, ‘अहिले ८ बजेपछि शपथ ग्रहण राखिएको छ।’
मुख्यमन्त्री शाक्यको शपथसँगै सानो मन्त्रिमण्डल समेत बनाइने उनले बताए।
नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठन गरेपछि नेता नेपाल समूहमै रहेकी शाक्यलाई रोक्न मुख्यमन्त्री बनाइएको चर्चा चलिरहेको छ।