काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालकाे पार्टीको सनाखत टुंगिएपछि तत्कालै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

बिहीबार समाजवादी केन्द्रद्वारा आयोजित ‘एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद’ नामक कार्यक्रममा बोल्दै उनले कार्यक्रममा उनले जति छिटो सो पार्टीको सनाखत हुन्छ, त्यति छिटो मन्त्रिपरिषद् विस्तार हुने बताए।

अहिले दर्ता भएको नयाँ पार्टीको सनाखत भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ, जति छिटो सनाखत हुन्छ उति छिटो मन्त्रिपरिषद विस्तार हुन्छ’, प्रचण्डको भनाइ छ ।

‘हिजोबाट नयाँ परिस्थिति बनेको छ। आज बिहानमात्रै हामी प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र म बसेका थियौं। अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्न हुँदैन, तुरुन्तै टुंग्याउनुपर्छ भनेर समझदारी बनेको छ। यो दर्ता भएको पार्टीको सनाखत हुने बित्तिकै एकै दिनमा मन्त्रिपरिषद् विस्तारलाई टुंग्याउनुपर्ने कुरा भएको छ,’ उनले भने।

प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश लोकतन्त्र. संविधान र गणतन्त्र सिध्याउन आएको बताए। तर अहिलेको सरकारले ल्याएको अध्यादेश ती कुरालाई जोगाउने भएको उनको भनाइ छ। ‘यी दुइटा कुरामा आकाश जमिनको फरक छ,’ उनले भने।

गत असार २९ गते गठन भएको देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई पूर्णता नदिएको भन्दै आलोचना भइरहेको छ।

सम्बन्धित खबरहरु