नेपाली बजारमा आज मंगलबार सुनचाँदीकै मूल्य बढेको छ ।

सोमबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँ पुगेको हो ।

तेजाबी सुनको मूल्य समेत मंगलबार प्रतितोला ५०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै, यता चाँदीको मूल्य समेत सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै मंगलबार एक हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित खबरहरु