नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) ‘विशेष पत्रकार सम्मेलन’ गर्ने भएका छन्।
एमालेका केन्द्रीय सदस्य सूर्य थापाका अनुसार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा अहिले बिहान ११ बजे पत्रकार सम्मेलन गरिने भएको हो।
लामो समय माधव नेपाल पक्षमा रहेर सर्वाेच्च अदालतलको फैसलाले एमाले पुनःस्थापना गरेयता पहिलोपटक हिजो सोमबार पार्टीको बैठक (स्थायी कमिटी) मा सहभागी हुँदै भीम रावल, घनश्याम भुसाललगायत १० नेता आफूसँग एकताबद्ध भएको भोलिपल्ट अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।
पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न आज पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा विशेष पत्रकार सम्मेलन गर्न लागिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।