पार्टी विभाजन भएपछि पहिलो पटक नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। एमाले विभाजनपछि आज पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शुक्रबार मध्यान्ह १२ बजे तुल्सीलाल प्रतिष्ठान भवनमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको जानकारी दिए।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ता गरेका छन्। निर्वाचन आयोगबाट उक्त पार्टी बुधबार दर्ता भई प्रमाण पत्र पाइसकेको छ।
एमालेको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमती कार्यान्वयनकारे बैठकमा छलफल हुनेछ
समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न विषयहरूमा छलफल गर्न एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो । एमालेले यसअघि स्थायी कमिटी बैठक गरेर १० बुँदे सहमति कार्यान्वनमा लैजाने निर्णय गरेको थियो।
पहिले माधवकुमार नेपाललाई साथ दिएका १० स्थायी कमिटी सदस्य पनि एमालेमै सक्रिय भइसकेका छन्।