काठमाडौं – पछिल्लो २४ घन्टामा नेपालमा २४३३ जना कोरोना संक्रमित थपिएका छन्।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १४ हजार ३ सय ७४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ३३ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयलका अनुसार सोही अवधिमा थप २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यस्तै सोही अवधिमा १९२९ जना कोरोना संक्रमणमुक्त भएका छन्।

यस्तै संक्रमितमध्ये ७ लाख ५ हजार ८९३ जना निको भएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ।

सम्बन्धित खबरहरु