काठमाडौँ – आज बसेको मन्त्रीपरिषदको बैठक सकिएको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ।

धामीका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानू मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा धामी वेपत्ता भएका थिए। उनी अझै फेला परेका छैनन्।

त्यस्तै नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोलनप्रधान सिंहलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको कार्कीले जानकारी दिए।

राष्ट्रिय योजना आयोगमा दुई जना सदस्य थप गरेको छ। आयोगमा रिक्त रहेका पदमा दुई जना सदस्य थप गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले कोभिड–१९ विरुद्धको सारकोभ–२ एमआरएनए तथा हैजाको खोपलाई नेपालमा क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको छ । यसअघि सरकारले न्यूनतम साझा कार्यक्रममा खोप ट्रायलका लागि अनुमति दिने योजना ल्याएको थियो ।

बैठकले अतिकम विकसित राष्ट्रहरुको एसिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालका तर्फबाट भर्चुअल रुपमा सहभागिता जनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई मनोनयन गर्ने पनि निर्णय गरेको छ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।

सम्बन्धित खबरहरु