देशभर पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको छ । आज देशभर २ हजार २२२ जना निको हुँदा १८५७ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २ हजार २२२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख १० हजार ४५२ जना निको भएका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ । हाल देशभर ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ५८ हजार आठ पुगेको छ।
यही अवधिमा थप २७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।