काठमाडौं – नेकपा (एकीकृत समाजवादी)पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधव कुमार नेपाल चयन भएका छन्।
आइतबार बसेको संसदीय दलको बैठकले नेता नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो। निर्वाचन आयोगले पार्टी दर्ताको प्रमाणपत्र प्रदान गरेपछि आइतबार पहिलोपटक नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक बसेको हो।
दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ’, झाँक्रीले भनिन्, नियमावली अुनसार अब उहाँले ‘दलको प्रमुख सचेतक र सचेतक तोक्नुहुन्छ ।’
नेकपा एमालेबाट अलग भएर नेता नेपालको अध्यक्षतामा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो । नेता नेपालसँग ३० सांसद रहेका छन् । नेता नेपालको पार्टी चाँडै देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छ ।