काठमाडौँ – नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । सोमबार फेसबुकमा उनले आफूले माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका छन् ।

पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । विदा ।’

नेता नेपालले आफू नेकपा एमालेमा भने नजाने उल्लेख गरेका छन् । ‘म केपीसँग जान्न, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ उनले अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष नेपालले समेत झेली कुरा गरेकोले धोकाको उपपहार लिएर जानुपर्ने अवस्था आएको बताएका छन् ।

उनले केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिको आफूले सधैँ विरोध गरेको पनि बताएका छन्। ओलीको त्यही प्रवृत्तिका कारण आफूले उनलाई साथ नदिने पनि नेपालले बताएका छन्।

मदन भण्डारीद्वारा प्रतिपादित बहुदलीय जनवादलाई अंगिकार गर्ने गरी आफूले माधव नेपाललाई साथ दिए पनि त्यस विषयमा धोका दिएकाले विदा लिएको उनले बताएका छन्।

‘माधव कमरेड, म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ नेता नेपालले भनेका छन्, ‘तपाईंले पनि झेली कुरा गर्न सिक्नुभएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो । विदा ।’

सम्बन्धित खबरहरु