काठमाडौं – नेपाली बजारमा केही दिनदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार घटेको छ। आइतबार र सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार ४ सय रुपैयाँले घटेको हो।
मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। सोमबार तेजाबी सुन ९१ हजार १ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँले घटेको छ। आज चाँदी १२ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ।