नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो ।
शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै नेपाली सेनाले चार हजार जना सैन्यका लागि दरखास्त आह्वान गरेको हो।
जसअन्तर्गत खुलातर्फ २०९६, कर्तव्य पालनाको शिलशिलामा अशक्त/मृत्यु भएका नेपाली सेनाका सन्तति १०८, महिला ३६०, आदिवासी/जनजाति ५७३, मधेसी ५०५, दलित २७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्ति गरिने छ।
नेपाली सेनाका देशैभरि रहेका विभिन्न कार्यालयबाट भर्ना प्रक्रिया सुरू गरिने छ। १८ वर्ष पूरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले असोज २४ गतेसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ। आठ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन्।
बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ ।
दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

