नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य एक सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बिहीबार प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार एक सय रुपैयाँले वृद्धि हुँदै ९० हजार ९०० रुपैयाँ कायम भएको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै वृद्धि हुँदै ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने गत बिहीबारको मूल्य पुनः १० रुपैयाँले घट्दै शुक्रबार प्रतितोला एक हजार १९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
गत बिहीबार बजारमा चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।