सरकारले यही भदौ २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गरेको छ।

शनिबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदका दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

भदौ २३ गते अपरान्ह ४ बजे संसदको दुबै अधिवेशन बोलाउने निर्णय भएको छ।

भदौ २२ गतेसम्म नेकपा एमाले र जनता समाजवादीबाट छुटेर जाने जनप्रतिनिधिहरुलाई नयाँ दलमा सनाखत हुने समय निर्वाचन आयोगले दिएको छ। त्यसको भोलिपल्ट संसद अधिवेशन राख्ने निर्णय सरकारले गरेको हो।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने प्रचलन छ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन ३२ गते संसदको दुबै अधिवेशन अन्त्य गरेकी थिइन्।

सम्बन्धित खबरहरु