नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति दिइएकोविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वाेच्च अदालतमा दर्ता गराएको रिट निवेदनको सुनुवाइ आज हुने भएको छ।
अदालत स्रोतका अनुसार शाक्यको रिट निवेदन सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा पेसी तोकिएको हो। यो मुद्दा आजको सुनुवाइ सूचीमा चार नम्बरमा परेको छ।
सरकारले हालै शाक्यलाई ऊर्जा आयोगमा सरुवा गर्दै घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएपछि शाक्यले सर्वाेच्च अदालतमा मुद्दा हालेका हुन्।
प्राधिकरणमा आफ्नो कार्यकाल बाँकी छँदै सरकारले आफूलाई अन्यायपूर्वक हटाएको शाक्यले दाबी गरेका छन्।