काठमाडौँ – आशन्न १४औँ महाविधेशनका लागि प्रचारात्मक नारा तय गरेको छ। सूचना, सञ्चार तथा प्रचार विभागको चौथो पूर्ण बैठकले आशन्न महाधिवेशनका लागि प्रचारात्मक नारा तय गरेको हो।

भर्चुअल माध्यम ‘जुम’ मार्फत् आयोजना गरिएको बैठकले ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण । सफल बनाऔं १४ औं महाधिवेशन,’ प्रचारात्मक नारा तय गरेको विभागका सचिव दिनेश थापामगरले जानकारी दिए।

उनकाअनुसार पार्टी प्रवक्तासमेत रहेका विभाग प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा सम्पन्न बैठकले ‘प्रविधिमैत्री कांग्रेस अभियान’लाई निरन्तरता दिँदै ‘एनसी विन’ (नेपाली कांग्रेस वाइड्ली इन्फरमेसन नेटवर्क) गठन गरेको छ । पार्टीको प्रविधिसम्बन्धी र सामाजिक सञ्जाल समन्वयसम्बन्धी कार्यमा संलग्न कार्यकर्ताहरु संगठित गरेर ‘एनसी विन’ गठन गरिएको हो।

‘एनसी विन’ मा रहेका सदस्यहरुले तत्कालका लागि पार्टीको १४ औं महाधिवेशनको प्रचार गर्ने बताइएको छ। प्रचार विभागले उनीहरुलाई स्थानीय, प्रदेश र संघको आगामी निर्वाचनमा प्रविधि र आन्तरिक रणनीतिमार्फत् पार्टीको प्रचार तथा विपक्षी प्रहारको प्रतिवाद (वार रुमको संगठित अवधारणाबमोजिम)को कार्यमा पार्टीको प्रचार विभागलाई सहज बनाउनका लागि खटाउने भएको छ।

‘एनसी विन’ पार्टीका विभिन्न तहलाई प्रविधिमार्फत्को सहजीकरण र सामाजिक सञ्जालमार्फत् सकारात्मक सामाजिक प्रभावका लागि दीर्घकालीन उपयोगमा केन्द्रित गराइने सचिव थापामगरले बताए।

उनकाअनुसार विभागका सदस्यसमेत रहेका पार्टीको प्रविधि र सामाजिक सञ्जाल उपसमितिका संयोजक इञ्जिनियर दिपेश विष्टको संयोजकत्वमा ‘एनसी विन’को २७ सदस्यीय केन्द्रीय संरचना तथा सातवटै प्रदेशमा प्रदेश संरचना निर्माण गरिएको छ ।

सम्बन्धित खबरहरु