देशभर पछिल्लो २४ घण्टामा १६४० जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गरिँदा १६४० जनामा संक्रमण पुष्टि भएको हो ।
९ हजार७ सय ६७ पीसीआर र ३ हजार ६ सय ८८ जनाको एन्टीजेन गरि १३ हजार ४ सय ५५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ।
संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म १०८८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ।