हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ भने मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भएको छ।

आज हिन्दु नारीहरूको महान् पर्व तीज पनि हो। माैसमविदकाे भनाइअनुसार पर्व मनाउन आज माैसमले साथ नदिने सम्भावना छ।

मौसमविद् प्रधानांगका अनुसार यतिबेला खासगरी प्रदेश १ को तराई क्षेत्रमा अलि बढी वर्षा भइरहेको छ। यसबाहेक देशका अन्य पनि विभिन्न स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

बिहीबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार र शनिबार पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित खबरहरु