काठमाडौं – अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् ।
नेपालको चारदिने भ्रमणका क्रममा फातेमाको टोली बिहीबार बिहान कतार एयरको विमानबाट काठमाडौं आएको हो ।
उनीहरुको आगमनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपास सुरक्षा व्यवस्था कडा बनाईएको छ ।
सो टोली एमसीसीबारे छलफल गर्न आएको हो । एमसीसीबारे नेपाली राजनीतिक वृत्तमा एकमत हुन सकेको छैन ।
सुमार नेतृत्वको एमसीसी टोलीले आज प्रधानमन्त्री शेर बहादुर देउवासहित अर्थमन्त्री लगायतलाई भेट्ने कार्यक्रम छ ।