काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बसिरहेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन्।

यो बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुने तामाङले बताए।

बैठकमा अधिकांश स्थायी कमिटी सदस्य उपस्थित भएका छन्। तर रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, किरण गुरुण र पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु अनुपस्थित छन्।

उनीहरु पार्टीको जिल्ला भेलामा गएकाले अनुपस्थित रहेको बताइएको छ। नेता रायमाझी र गुरुङसहित पार्टीकै अन्य बैठकमा सहभागी भएको बताइएको छ।

एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ पार्टीको गण्डकी प्रदेशस्थित जिल्ला भेलामा रहेको बताइएको छ।

यसअघि एमालेले शुक्रबार अपरान्ह ४ बजेका लागि स्थायी कमिटी बैठक डाकेको थियो। तर अधिकांश नेताहरु प्रतिनिधि सभा बैठक सहभागी रहेका बेला बैठक शनिबारसम्मलाई स्थगित भएको थियो ।

सम्बन्धित खबरहरु