काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक भर्खरै सकिएको हो ।

नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले असोज ४–६ का लागि तय भएको विधान महाधिवेशनलाई १५–१७ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

पछिल्लो पटक सुरु भएको संसद अधिवेशनमा तनाव बढ्दै गएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार आइतवार बिहानका लागि संसदीय दलको बैठक डाकिएको हो।

‘हामी जिम्मेवार प्रतिपक्ष हौँ, त्यही अनुसार हामी सदनमा प्रस्तुत हुन्छौँ’, उनले भने, ‘तर केही दिनयता संसदमा असहज अवस्था देखिएकाले सांसदहरुसँग छलफलका लागि दलको बैठक बस्न लागेको हो।’

भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले पेलेर जाने नीति लिएपछि संसदमा तनाव बढेको बताउँदै आफ्नो पार्टीका सांसदहरुलाई संयमित हुन निर्देशन दिन लागिएको पनि बताए।

‘संसद मर्यादित थलो हो। त्यहाँ विरोधका सीमाहरु छन्’, उनले भने, ‘हामी हाम्रा सांसद साथीहरुलाई संसदमा प्रस्तुत हुने रणनीतिका लागि बैठक बस्दैछौँ।’

बैठकले प्रतिनिधि परिषद्‌मा रहने सदस्यहरु पनि टुंग्याइएको छ। राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यहरु स्वतः विधान अधिवेशनको प्रतिनिधि हुने भएपनि त्यसको निर्वाचन नभएकाले विधानको बाधा अड्काउ फुकाउ व्यवस्थामार्फत् नयाँ व्यवस्था गरिएको हो।

प्रतिनिधि परिषद्‌मा केन्द्रीय कमिटी सदस्य र पदाधिकारी, आयोग तथा विभाग, जिल्ला कमिटीदेखि स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षसहित करिब तीन हजारको प्रतिनिधित्व रहने भट्टराईले बताए।

बैठकमा अधिकांश स्थायी कमिटी सदस्य उपस्थित भएका थिए। तर रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, किरण गुरुण र पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु अनुपस्थित थिए।

एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ पार्टीको गण्डकी प्रदेशस्थित जिल्ला भेलामा रहेको बताइएको छ।

सम्बन्धित खबरहरु