सत्ता गठबन्धन बैठक बस्दै छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार अहिले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा गठबन्धनको बैठक बस्ने भएको हो।

बैठकमा मन्त्रिपरिषद विस्तार तथा संसदमा जारी प्रतिपक्षको अवरोधबारे छलफल हुने बताइएको छ।

नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। उनको मन्त्रिमण्डलमा अहिले ४ मन्त्री र एक जना राज्यमन्त्री मात्र छन्।

सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै देउवाको आलोचना भइरहेको छ।

गत बिहीबार र शुक्रबार पनि सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक बसेका थिए।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समानवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्।

सम्बन्धित खबरहरु